Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

खेलाडी अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरद्वारा एक सेट क्रिकेट किट सहयोग

अछाम निवासि सुदुर पश्चिम प्रदेस महिला क्रिकेट टिम अलराउण्डर अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरले एक सेट क्रिकेट किट सहयोग गरेका छन । मंगलबार साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरको हातबाट उक्त्त क्रिकेट किट साँफेबगर नगरपालिकाको प्राङ्गडमा हस्तान्तरण गरिएको थियो ।

Read more

देउवाले जित्नु पनि मैले जितेजस्तै हो - सागर ढकाल

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले जसले जिते पनि आफ्नै जित हुने बताएका छन्। उनले डडेल्धुरामा देउवा विजयी भएपनि आफूले जिते सरह नै हुने बताएका छन्।

Read more

ललितपुर-३ : तोसिमा फर्किन् पहिलोमा, पम्फा तेस्रो

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार तोसिमाले ४९१० मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।

Read more

३९ घण्टा पछि पुगे बिच्छयाँका मतपेटिका

बाजुराको अति दुर्गम बिच्छयाँका मतपेटिका ३९ घण्टा पछि सदरमुकाम मार्तडी पुगेका छन् । हिमाली गाउँपालिका १ र वडा नम्बर ३ को तिन स्थानको मतपेटिका मंगलवार बिहान ८ बजे मतपेटिका पुगेको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

Read more

अछामका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता काएमै मतान्तर बढ्दै

अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ । अछाम जिल्लाको प्रतिनिधि सभा सदस्यको मत गणना हुँदै गर्दा अछाम क्षेत्र न १ मा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादिका शेर बहादुर कुँवर ६४८२ मत सहित अग्र स्थानमा छन भने उनलाई पछ्याउदै नेकपा एमालेका झपट बोहरा ४१८९ मत सहित दोस्रो स्थानमा छन त्यसै गरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले अहिले सम्म १११७ मत ल्याएका छन ।

Read more

अछामका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ । अछाम जिल्लाको प्रतिनिधि सभा सदस्यको मत गणना हुँदै गर्दा अछाम क्षेत्र न १ मा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादिका शेर बहादुर कुँवर ४५०३ मत सहित अग्र स्थानमा छन भने उनलाई पछ्याउदै नेकपा एमाले का झ प ट बोहरा ३०४७ मत सहित दोस्रो स्थानमा छन त्यसै गरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले अहिले सम्म ७१३ मत ल्याएका छन ।

Read more

१२९ सिटमा मतगणना जारी, ४ को नतिजा सार्वजनिक, सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि देखिएको छ।

Read more

अछाम जिल्लामा निर्वाचनको तयारी सम्पन्न

अछाम जिल्लामा निर्वाचनको तयारी सम्मपन्न भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित सबै कर्मचारी बिहीबार नै मतदान केन्द्रमा पुगिसकेका जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । निर्वाचनको अघिल्लो दिन आज अछामका १४६ वटै बुथमा केन्द्र निर्माण र मतगणना स्थल बनाउने कार्य भईसकेको छ ।

Read more

साताव्यापी रुपमा कर दिवस मनाइँदै, कर प्रणालीको आधुनिकिकरणमा जोड

राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

Read more

जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु

जुम्लाको तिला गाउँपालिका ९ मालापानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीया ललिता थापाको भिरबाट लडेर मृत्यु भएको हो । खेतबारीमा मल पुर्याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन् ।

Read more

चुनाव प्रचार भोलि मध्यरातसम्म मात्रै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए ।

Read more

चुनावविरोधी समूहमाथि सरकारको उच्च निगरानी : विभिन्न ठाउँबाट १ सय १५ जना पक्राउ

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि सरकारले उच्च निगरानी थालेको छ । देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ परेका नेपाल प्रहरीको तथ्याङ्क छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ ।

Read more

अमेरिकाको निगरानी सूचीबाट हट्यो भारतीय मुद्रा : नेपाली मुद्रा बलियो बन्दै

अमेरिकाको मुद्रा निगरानी सूचीबाट भारतीय मुद्रा बाहिरिएको छ । गत शुक्रबार अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले भारतीय मुद्रा (भारु)लाई ‘करेन्सी मनिटरिङ लिस्ट’बाट हटाएसँगै अमेरिकी मुद्राको तुलनामा भारतीय रुपैयाँ बलियो भएको छ । भारतीय मुद्रासँग पेग्ड गरिएको हुुँदा नेपाली मुद्रा पनि बलियो भएको छ । अर्थात्, भारुको विनिमयदरमा हुने उतारचढावअनुसार नै नेपाली मुद्रा पनि घटबढ हुने गर्छ ।

Read more

निर्वाचनलाई ४ दिन विदा ?

निर्वाचन आयोगले छ दिनपछि यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

Read more

निर्वाचन आचारसंहिता अनुगमन सम्बन्धी ६ निर्णय पारित

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि आज बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले ६ वटा निर्णय पारीत गरेको छ। समितिले निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारवाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको छ।

Read more

टी-२० विश्वकपको बिजेता बन्यो इङ्ल्याण्ड

पाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो। इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहे।

Read more

सामाजिक सञ्जाल मार्फत अछाममा समाज भाँड्न खोजेको भन्दै गठबन्धनका उम्मेदवारहरूको आपत्ति

मार्फत अछाममा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध अफवाह फैलाएकोमा गठबन्धनका उम्मेदवारले आपत्ति जनाएका छन् । केही दिनअघि फेसबुकमा चौरपाटी अछाम नामक फेक आइडीबाट सामाजिक सद्भावमा खलबल पु¥याउने र बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विरुद्ध पोष्ट सार्वजनिक भएको थियो । शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनको जित सुनिश्चित देखेपछि विरोधीहरूले सामाजिक सञ्जालमार्फत् विभिन्न जातीय द्वेष फैलाउने खालका कुप्रचार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

Read more

किन र कसरी सुरु भयो तिहार ? तिहारको नालीबेली

‘जीवेम शरदः शतम् ।’ अर्थात्, सयौँ शरदसम्म बाँच्नू । शुक्लयजुर्वेदसंहितामा शरद ऋतुलाई महत्त्व दिइएको छ । सामान्यतः हाम्रो समाजमा वृद्धवृद्धाले नातिनातिनाको मुख हेरेर मर्ने चाहना राखेको पाइन्छ । यहाँ शरद ऋतुसम्म बाँच्नू भन्ने कामना किन गरियो ? शरद ऋतुमा त्यस्तो के छ ? जवाफ सीधा छ– शरद ऋतु धेरै कुराले धनी छ । केही भावुक कविले वसन्तलाई ऋतुको राजा भनेर लेखे, वास्तवमा वसन्त ऋतु आशाको बीउ वा बोट हो भने शरद फल हो । वसन्त आकांक्षी हो भने शरद विजेता । किनभने, शरद ऋतुमा अन्नबाली पाक्छन्, यो फूलैफूलको मौसम हो । हिन्दू धार्मिक अनुष्ठानमा फूलको महत्त्व विशेष छ । यद्यपि, नयाँ परिवर्तनको सपना देख्ने र देखाउने कविहरूले वसन्तलाई महत्त्व दिनु स्वाभाविक मान्नुपर्छ, बीउ र बोटबिना फल सम्भव छैन ।

Read more

भाइटीकाको शुभ साइत ११ : ३७ मा

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

Read more

अबदेखी साँफेबगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमा दिने

अछामको साँफेबगर नगरपालिकाले असाह्य अशक्त्त र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घर घरमा गएर प्रदान गर्ने भएको छ । बिहिबार साँफेबगरमा भत्ता वितरण गर्दै आएका बैङ्कहरूको छलफलबाट उक्त निर्णय गरिएको हो ।

Read more

अछाम जिल्लामा पहिरो जाँदा मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता, ११ जना घाइते

अछाम जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read more

बयालपाटा अस्पताललाई बार्षिक ९ करोड दिने गरी प्रदेश सरकारले गर्‍यो सम्झौता

बयालपाटा अस्पतालको आर्थिक अभाव दिर्घकालिन रुपमा समाधान लागिपरेका साँफेबगर नगरपालिकाका नगर प्रमुख सहितको बयालपाटा अस्पताल सरोकार समिति लामो समय पछी प्रदेश सरकार संग ५ बर्षिय सम्झौता गर्न सफल भएको छ ।

Read more

अछाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या नौ पुग्यो, २० जना घाइते

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

Read more

पत्रकार र राजनीतिज्ञ गरी सुदूरपश्चिमका १५ जनाले गरे मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा

सुदूरपश्चिम प्रदेशका १५ जना पत्रकार र राजनीतिज्ञ लगायतका व्यक्तिहरूले मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा गरेका छन् । आइतबार धनगढीमा आयोजित मस्तिष्क मृत्यु (ब्रेन डेथ) बाट हुने अङ्ग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो सङ्ख्यमा स्वइच्छा ले घोषणा गरेका हुन् ।

Read more
Page 40 of 132