कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं. ८ का तीन वर्षीय एक नाबालक सोमबारदेखि वेपत्ता छन् । सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्ट बेपत्ता भएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशले असार मसान्तमा पत्रकार रिजाउन समाचार लेखे वापत २५ हजार रकम दिने भएको छ । मुख्यमन्त्री कार्यालयद्धारा संचालित विभिन्न कार्यक्रमको सकारात्मक समाचार लेखिदिए वापत कर्णालीका ११ जना पत्रकारलाई नगद २५ हजारका दरले रकम दिने अफर ल्याएको हो ।
साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
नेपाली काँग्रेसको भातृ संगठन संस्थाले सिटीइभिटिका केन्द्रीय अध्यक्ष निराजन खडका द्धारा स्वास्थ सामाग्री वितरण गरिएको छ । कोभिड १९ को यस बिषम परिस्थीतीमा मास्क,अक्सीजन कन्सन्टेटर,पिपिइ सेट,सेनिटाइजर,हेन्ड वास ,ग्लोब्स,आइभि सेट र औषधि हरु वितरण गरिएको सिटीइभिटि अछाम जिल्लाका गोकुल बहादुर शाहाले बताए ।
कन्टिर–बाबू नेपालको विकास निर्माण प्रक्रिया देखेर जिल्ल पर्छन् । कन्टिर–बाबूका अनुसार एक त यहाँको विकासका सम्बन्धमा कुनै ठोस, स्पष्ट दृष्टि अनुभूत हुन सकेको छैन । अर्कोतिर कछुवा तालमा हुने गरेका विकास–निर्माण पनि दीगो छैनन् ।
बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ। एक महिनासम्म पनि धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ। मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि आधा घण्टा हिँडेर थापाबाट र बाहुली गएर खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय निवर्तमान सांसदलाई निर्देशन दिएका छन्।
कोरोना भाइरसको महामारीले यतिबेला विश्व नै आक्रान्त छ । सन् २०१९ डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको यो भाइरसको तेस्रो लहरसम्म आइसकेको छ । नेपाल नै अहिले दोस्रो लहरसँग संघर्षरत छ । कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । विश्वलाई चुनौती दिइरहेको यो भाइरसबाट मानव जातिलाई जोगाउन अनेक देशले भ्याक्सिन उत्पादन गरिरहेका छन् । तर ती भ्याक्सिनले पनि कोरोना महामारीलाई निष्तेज गर्न सकेका छैनन् ।
समाजसेवी डम्मर कुमारी शर्मा रेग्मीले बयालपाटा अस्पताललाई औषधी सहयोग गरेकी छन । साँफेबगर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौँ बस्दै आउनु भईशी रेग्मीले अस्पतालका लागि आवश्य पर्ने औषधी सहयोग गरेकी हुन् ।
पञ्चदेवल विनायक नगरपालिका ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले आफ्नो नाम जोडेर आएको समाचारमा ध्यानाकर्षण भएको बताएका छन । बुधबार राति मदिरा सेवन गरेको र महिला माथि अभद्र व्यवहार गरेको भन्ने शिर्षकका आएको समाचार प्रति आपत्ति जनाएका छन् । आफ्नो बारेमा गलत हल्ला फैलाईएको अध्यक्ष खनालले जानकारी दिए ।
कन्टिर–बाबूका सामु अनेक विषय आइलाग्छन् । पन्छिन खोज्दाखोज्दै पनि पन्छिन सक्दैनन् । कुनै प्रतिक्रिया व्यक्त गर्न नचाहँदा–नचाहँदै पनि प्रतिक्रिया व्यक्त गर्नबाट आफूलाई रोक्न सक्दैनन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्दिर मोह आगामी आर्थिक वर्षमा पनि कायमै रहने देखिएको छ। सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मन्दिर निर्माणका लागि १९ करोड ३२ लाख विनियोजन गरेको छ। प्रदेशका २ सय २१ मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर भने २/४ परिवारले पूजा गर्ने कुलदेवताका मन्दिर छन्।
नेकोसको आव्हान कोभिड-नो भिड भन्ने मुल नाराका साथ विशेष राष्ट्रिय अभियान २०७८ अन्तर्गत नेपाल खेलकुद महासंघ सुदूरपशिम प्रदेशले आज (बुधबार) विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बिगत लामो समयदेखि,भारतको मुम्बई सहरमा हिन्दि नेपाली म्युजिक भिडियो देखि नृत्य क्षेत्रमा राम्रो परिचय बनाएकि मोडल तथा डान्सर खुस्बु भट्टराई फेरि चर्चामा आएकी छन ।
तुर्माखाँद प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दान सिँ धामीको नेतृत्वमामा खटीयको गस्ती टोली द्धारा तुर्माखाँद गाउँपालिका वडा नं. –४, तुर्माखाँद गोदे टोलमा लुकी छिपी बसेको अवस्थामा पंचदेवल विनायक नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भएका पदम बहादुर वि.क लाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले जिल्ला कारागार कैलालीको निरिक्षण गरेको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको जिल्ला कारागारको मन्त्री जोशी सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमन तथा निरिक्षणका क्रममा कारागारको अवस्था एकदमै नाजुक रहेको मन्त्री जोशीले बताईन् ।
एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण एल आई सी नेपाल लि धनगढी शाखा बाट जीवन बीमा गराउनु भएका स्व.खगेन्द्र चौधरीका श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बिच शाखा प्रबन्धक कृष्ण भट्टले एजेन्सी म्यानेजर राम ब शाही, अभिकर्ता कृष्ण प्र डगाैरा थारु लगायत अभिकर्ता र कर्मचारीकाे उपस्थितिमा मृत्यु दाबीकाे चेक रकम हस्तान्तरण गर्नु भयाे।।मृतक चाैधरीले दुई बर्ष अगाडि अभिकर्ता कृृष्ण प्र डगौरा थारु मार्फत एल आई सी मा जीवन बीमा गर्नु भई दुई बर्षकाे किस्ता मात्र जम्मा गर्नु भएकाे थियाे। निज स्व.चौधरीकाे बयलगाडामा माेटरसाईकल ठाेकिएर गम्भीर घाईते भई उपचारका लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घाेसित गरेका थिए।
देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशले असार १० गते आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । बजेट घोषणाका क्रममा केही स्थानीय तहमा अनपेच्छित घटना भए । कतै कुटाकुट भयो, कतै नाराबाजी भयो । कतै ठेकदारहरुको धम्कीका कारण सुरक्षा घेराका वीच बजेट घोषणा गर्नुपर्यो ।
बयालपाटा अस्पताललाई अन्तराष्ट्रिय सिद्देश्वर सेवा समाज पुना भारतले आर्थिक र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजले अस्पताललाई नगद रु १ लाख १ हजार र अन्य स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।