ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्
ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित दशै तिहार बिषेश फुटबल प्रतियोगिता आजबाट साँफेबगरमा सुरु भएको छ । नेपाल राखेप बोर्ड सदस्य एकेन्द्र कुँवर बाट उद्घाटन गर्नुभएको उक्त्त प्रतियोगिताको पहिलो खेल आयोजक ब्ल्याक एन्जल्स एफ सि र ककडसात एफ सि बिच भएको थियो । उत्त खेलमा ककडसात एफ सि लाई आयोजक ब्ल्याक एन्जल्स एफ सि ले १३-१ ले पराजित गरेको थियो भने दोस्रो खेल रोयल प्रभा एफ सि र बक्तोला एफ सि रिडिकोट बिच भएको थियो उक्त्त खेल मा भने रोयल प्रभा एफ सि ले बक्तोला एफ सि रिडिकोट लाई २-० ले पराजित गरेको आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।
Read more