यहि फागुन १६ गते अछाम जिल्ला अदालतले विरलै हुने तीव्र गतिको विधिबाट बलत्कारविरुद्धको मुद्दामा फैसला सुनायो । न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले बलात्कृत भएको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई नै जेल पठाउनै फैसला दियो ।
बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ । जिल्ला अदालत अछामले मंगलवार ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको हो । न्यायाधिश नविन कुमार जोशीले बलात्कारको झुठा आरोप लगाउने कमलबजार नगरपालिकाकी १९ वर्षीय युवतीलाई जेल सजाय सुनाएको छ । ति युवतीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० वर्षीय नन्दराम खनाललाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन ।
नेपाली कांग्रेस अछामको सातौं जिल्ला अधिवेशन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । दुई वटा निर्वाचन क्षेत्र भएको अछाममा क्षेत्र नम्बर १ मा ७ सय १ मत र क्षेत्र नम्बर २ मा ७ सय ९० मत गरि जम्मा १४ सय ९१ मत खसेका छन ।
नेपाल चार धाम मध्येको एक बैद्यनाथमा भोली लाग्ने शिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुलाई सहजताका लागी आवश्यक तयारी पुरा भएको बैद्यनाथ क्षेत्र बिकास संस्थाका अध्यक्ष नेत्र कुँवरले जानकारी दिए ।
गायक नन्दकृष्ण जोशीले गीतमा भने झै साँच्चै सुन्दर छ साँफेबगर । अछामको साँफेबगर चारैतिर डाँडाले घेरेको समथर ठाउँ, पुर्वमा छिपेखोला, पश्चिममा प्रभाली खोला र उत्तरमा बुढीगंगा नदि बगेको छ । साँफेको यसै सुन्दरतालाई थप सुबिधा सम्पन्न बनाउन नयाँ सहर आयोजनाको काम जारी छ ।
फर्जी मत खसेको भन्दै अछाम क्षेत्र न १ मा कांग्रेस महाधिवेशनको मतगणना स्थगित भएको छ । अछाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा मतदाता भन्दा १८ मत बढी मत पेटिकामा भेटिएको भन्दै मत गणना कार्य स्थगित भएको हो ।
देशको पुरानो तथा प्रमुख दलमध्ये एक नेपाली कांग्रेस १४ महाधिवेशन केन्द्रित छ । मंसिर मसान्त सम्म केन्द्रीय महाधिवेशन सक्नेगरी नेपाली कांग्रेसले तयारी गरेको छ । त्यस्तै भाद्र १८ गतेदेखी वडा तहको अधिवेशन सुरु भएको थियो । अहिले गाउँ, नगर, जिल्ला अधिवेशन भैरहेको छ । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य समान थियो नेपालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य थियो ।
वाक नेपाल अछामको ९ औं अधिवेशन समपन्न भएको छ । साँफेबगर नगरपालिका ४ ऐयर्पोर्ट बजार को होटेल बुढीगंगामा सम्पन्न अधिवेशन ले बलबहादुर के.सी.को अध्यक्षतामा नयाँ समिति सर्वासमत चयन गरेको छ । जसमा उपाध्यक्ष मा ममिन मियाँ, महासचिव अप्सरा कुँवर, सचिव निरा कडायत, कोषाध्यक्ष शुशिला बोगटी, सदस्य मीन बहादुर कुँवर र छत्रमान ताम्राकार रहेका छन् ।
यही भाद्र २८ गते बाट साँफेबगर मा रहेको शुवेक्षा अटोमोटिभ्समा बजाज एक्सचेन्ज मेला लाग्ने भएको छ । ग्राहक हरुको रोजाई र सहजताका लागी बजाज ले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको शुवेक्षा अटोमोटिभ्सका संचालक भरत खड्काले बताउनु भयो ।
साँफेबगर नगरपालिका १४ पातलकोटमा एम एस को ईनोभेसन फन्ड अन्तर्गत बाल विबाह तथा छाउपडी प्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम आजबाट सुरु भएको छ । झण्डै एक साता चल्ने उक्त्त कार्यक्रम आज चेतनशिल युवा क्लब ले आज साफेबगर नगरपालिका-१४ पातलकोट भासुवन सुभारम्भा गरेको छ ।
बिगत लामो समय देखी मुम्बईको डाबरीया बर्द्रस मा काम ग्रदै आएका अछाम जिल्ला साँफेबगर नगरपालिका ११ देविस्थानका मक्र खड्का उपचारका लागि मुम्बैबाट २४२१६० रकम सहयोग हस्तान्तरण गरिएको छ । मुम्बैमै बसेर उपचार सम्भव नभएपछी हाल नेपाल भक्तपुरमा उपचार गराईरहेका खड्का को उपचार खर्च झन्डै १२ लाख जति लाग्ने डाक्टर ले बताएका छन् ।
आफू संग उपचार खर्चको अभाव भए पछी सम्पूर्ण दाजू भाइ इष्ट मित्र छिमेकी नाता गोता मा सहयोगको अपिल पश्चात पछी मुम्बईमा काम गर्ने दाजू भाइ लगाएतले उनको उपचारमा सहज होस भनि ५००, १००० जम्मा गरि २४३१६० - अक्षेरुपी दुइ लाख त्रिचालिस हजार एक सय साठ्ठी रुपैयाँ उठाएर पिडित ब्याक्ती दिएको मुम्बई बाट प्रमुख अभियान्ता समाज सेवी खेमराज खड्काले हाम्रो बुलेटिन लाई जानकारी दिए । समाजसेवी खड्काले आ-आफ्नो ठाउँबाट सहयोग सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद का साथै विशेष गरि अभियान साथ दिने समाज सेवी बुद्दी जिवी युवा नृप बोगटी र बम बहादुर खड्का धन्यवाद दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चौरपाटि गाउँपालिका वडा नम्बर ७ मार्कुको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेसनमा सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
नेपाल बाट १५ दिन पहिले आफ्ना दाजु संग मुम्बै गएका चौरपाटी गाउँपालिका का अन्दाजी १४-१५ बर्षिय बालक मुम्बैको कल्याण स्टेसनमा अलपत्र अवस्थामा भेटिएका छन । रेल्वे स्टेसनमा हुने भिड भाडमा अचानक दाजुले समातेको हात छुट्न ग ई आफु छुटेर अलपत्र परेको उनको भनाई छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेसनमा सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । भेलामा पार्टीको १४ औ महाधिबेशनको तयारी स्वरुप भोली हुन गईरहेको वडा अधिबेशनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्ने बिषयमा छलफल भएको छ । भेलामा नेता तथा कार्यकर्ताहरुले गाउँमै बसेर पार्टीका लागी दिनरात खट्ने व्यक्तिलाई अबको महाधिबेशनमा स्थान दिनुपर्नेमा जोड दिएका छन् ।
यही श्रावण १८ गते बाट साँफेबगर मा रहेको शुवेक्षा अटोमोटिभ्समा बजाज एक्सचेन्ज मेला लाग्ने भएको छ । ग्राहक हरुको रोजाई र सहजताका लागी बजाज ले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको शुवेक्षा अटोमोटिभ्सका संचालक भरत खड्काले बताउनु भयो ।
बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । जिल्लाको गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको हो । नदी थुनिएकाले अछामको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध गरेको छ ।
साफेबगर पोलिक्लिनिक को प्राङ्गडमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बल्याक एन्जल्स युवा क्लब साफेबगरको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष दशरथ कुँवरले जानकारी दिए ।
रामारोशन गाउँपालिका घट्टेबगर हुदै नेटाकोट जाने सडक सहित पैदल बाटोमा कैलाश खोला बगिरहेको छ । यो त्यहि ठाउँ हो जहाँ गत बर्ष भदौ ५ गते आएको बाढिले सबै सैनिबजार बगरमा परिणत भएको थियो । हिड्ने बाटो समेत नभएर त्यहाँका स्थानियले कम्ता सास्ती भोगिरहेका छैनन ।
एमाले नेता भीम रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग माफी मागेका छन् । अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् ।
युवा सुचना मञ्च बाँकेले बयालपाटा अस्पताल र पत्रकार महासंघ अछाम शाखालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मञ्चको पहलमा अछामका विभिन्न ठाँउमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान गर्ने अभियान सुरु भएको हो ।