अछाम क्षेत्र न १ बाट शेर बहादुर कुँवर विजयी
नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् नेकपा एकिकृत समाजवादिका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष शेर बहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। अछाम क्षेत्र न १ बाट १९ हजार ५३४ मत ल्याउँदै कुँवर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४३९२ मत प्राप्त गरेका छन ।
Read more