अछाममा बलात्कारको झुठ्ठा आरोप लगाउने युवतीलाई ३ बर्ष ६ महिना जेल
बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ । जिल्ला अदालत अछामले मंगलवार ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको हो । न्यायाधिश नविन कुमार जोशीले बलात्कारको झुठा आरोप लगाउने कमलबजार नगरपालिकाकी १९ वर्षीय युवतीलाई जेल सजाय सुनाएको छ । ति युवतीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० वर्षीय नन्दराम खनाललाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन ।
Read more