राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
गत सोमबार भन्दा यताका दिन नेपालका लागि असाधारण रूपमा अस्थिर र निर्णायक साबित भए। एकतर्फ सडकमा देखिएको जनआन्दोलनले मुलुकको पुरानो असन्तोषलाई चर्काएर विस्फोटक स्वरूप दिएको छ भने अर्कोतर्फ संसद भवनमै पुगेको भीड र त्यसपछिका घटनाक्रमले संवैधानिक संरचनाको आधारलाई नै हल्लाइदिएको छ। सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सुरुमा सामान्य असन्तोष जगाएको थियो, तर त्यसलाई उल्टै आन्दोलनको इन्धनमा परिणत गरिदियो। परिणामतः युवापुस्ता, विशेषतः डिजिटल माध्यममा सक्रिय जेन–जि पुस्ता, सडकमा उत्रियो। सुरक्षा निकायले कठोर प्रतिक्रिया जनाएपछि आन्दोलन अझै हिंस्रक बन्दै गयो र दुर्भाग्यवश ५० भन्दा बढी नागरिकले ज्यान गुमाए।
Read more